कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

तनहुँमा मोटरसाइकलको पांग्रामा सल बेरिँदा हात चुँडियो

सम्झना रसाइली

तनहुँ — जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पांग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ ।

तनहुँमा मोटरसाइकलको पांग्रामा सल बेरिँदा हात चुँडियो

व्यास नगरपालिका–५ पाटनबाट शनिबार दिउँसो झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पांग्रामा बेरिँदा हात चुँडिएको प्रहरीले जनाएको छ । उनी दिदीका छोरासँग मोटरसाइकलमा सवार थिइन् ।

उनको बायाँ हात कुहिनोभन्दा तलबाट छुट्टिएको प्रहरीले जनाएको छ । घाइते थापाकी छोरी र चालक भने सकुशल छन् । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी हेलिकप्टरबाट काठमाडौं लागिएको छ ।


प्रकाशित : कार्तिक १२, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?