२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दाउन्नेमा पहिरो : तीन घर विस्थापित, सडक एकतर्फी

नवीन पौडेल

नवलपुर — केही दिनदेखि लगातार परेको वर्षाका कारण पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा पहिरो जाँदा तीन घर विस्थापित भएका छन् भने पूर्वपश्चिम राजमार्गमा एकतर्फी यातायात सञ्चालन भएको छ ।

दाउन्नेमा पहिरो : तीन घर विस्थापित, सडक एकतर्फी

लगातारको वर्षाको कारण दाउन्ने पहाडको तल्लो भागमा पहिरो जाँदा राजमार्ग आसपासको क्षेत्रमा जमिन चर्किएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तोष पाठकले बताए ।

पहिरोको उच्च जोखिम भएपछि दाउन्ने बजारमा रहेका तीनवटा घरका स्थानीय विस्थापित भएका छन् । पहिरो नियन्त्रणका लागि सुरक्षा निकाय र सडक विभागलाई जानकारी गराइएको र सम्भावित दुर्घटनालाई मध्यनजर गरेर एकतर्फीरुपमा यातायात सञ्चालन गरिएको प्रशासनले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?