कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.८६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जोशीद्वारा तनहुँ- १ बाट उम्मेदवारी दर्ता

सम्झना रसाइली

तनहुँ — तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि पूर्वगृहमन्त्री गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आइतबार करिब साढे ११ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर जोशीले उम्मेदवारी दर्ता गराएका हुन् । जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । 

जोशीद्वारा तनहुँ- १ बाट उम्मेदवारी दर्ता

२०७४ को निर्वाचनमा पनि जोशीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले जोशीको उम्मेदवारी खारेज गरेको थियो ।

प्रकाशित : आश्विन २३, २०७९ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x