कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडाकोटका ८० घर डुबानमा 

नवीन पौडेल

नवलपुर — लगातारको वर्षाको कारण पूर्वीनवलपरासीको गैंडाकोट नगरपालिका वडा नम्बर २ मा ८० घर डुबानमा परेको छ ।  नारायणी नदीमा आएको बाढीले बोटे बस्ती डुबानमा परेको हो ।

गैंडाकोटका ८० घर डुबानमा 

डुबानको कारण अन्नपात र लत्ताकपडा बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी सन्तोष पाठकले बताए । डुबानमा परेको बस्तीका स्थानीय र पशुचौपायालाई प्रहरी र स्थानीयको सहयोगमा अक्सफोर्ड कलेज र महेन्द्र स्मारक आधारभूत विद्यालय गैंडाकोटमा राखिएको छ ।

पानीको सतह बढ्दो भएकाले नदी किनारका स्थानीयलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । लगातारको वर्षाको कारण जिल्लामा नारायणी नदी र खहरे खोलामा पानीको सतह बढेकोले बाढीको उच्च जोखिम छ ।

जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले जिल्लाभर पूर्ण सर्तकता अपनाउन र सुरक्षाकर्मी र उद्धार सामग्री तयारी अवस्थामा राखेको जनाएको छ ।


प्रकाशित : आश्विन २०, २०७९ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?