कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निलगिरि हिमालको फेदीमा एक्स्काभेटर दुर्घटना

घनश्याम खड्का

म्याग्दी — अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधीन ६२ मेगावाट क्षमताको निलगिरि जलविद्युत् आयोजनाको एउटा एक्स्काभेटर चालकसहित हुमखोला भन्ने स्थानको निलगिरि खोलामा खस्दा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ ।

निलगिरि हिमालको फेदीमा एक्स्काभेटर दुर्घटना

दुर्घटनामा परेको एक्स्काभेटर नम्बर, चालकबारे विवरण आउन बाँकी हेको अन्नपूर्ण गाउँपालिका, ४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । निलगिरि जलविद्युत् आयोजनामा बारम्बार दुर्घटना र मजदुरको मृत्यु हुने गरेको छ ।

दुर्घटनाको थप विवरण लिन जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किरण लामासहितको टोली घटनास्थलतर्फ लागेको प्रहरी कार्यालयले जनाएको छ । अन्नपूर्ण र निलगिरि हिमालको वेस क्याम्पमार्गमा ६२ मेगावाटको निलगिरि क्यास्केट र छुट्टै ३८ मेगावाटको निलगिरी दोस्रो जलविद्युत् आयोजना निर्माण भइरहेका छन् ।

प्रकाशित : आश्विन १८, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?