कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा एकैदिन ४६ प्रतिवादी पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — जिल्ला प्रशासन कार्यालय स्याङ्जाले फरार रहेका ४६ जना प्रतिवादीलाई एकैदिन पक्राउ गरेको छ । सार्वजानिक अपराध मुद्दामा विभिन्न मितिमा सुनाइएको फैसलापछि फरार उनीहरुलाई बुधबार स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।

फरार रहेका प्रतिवादी पक्राउ गर्ने अभियान कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय मातहतका कार्यालयबाट सादा पोसाकमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा ५ वर्षदेखि फरार प्रतिवादी छन् ।

फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कारबाहीका लागि उपस्थित गराएको डीएसपी खनालले बताए । उनका अनुसार पक्राउ परेका ४६ जना प्रतिवादीबाट एक लाख २६ हजार ७५ रुपैयाँ राजस्व असुल भएको छ ।

प्रकाशित : भाद्र ३०, २०७९ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?