कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वी नवलपरासीका दुई घरमा आगलागी

नारायण शर्मा

पूर्वी नवलपरासी — नवलपरासीका दुई अलग स्थानमा भएको आगलागीमा १३ लाख मूल्य बराबरको क्षति भएको बताइएको छ ।

जिल्ला प्रहरीका अनुसार मध्यबिन्दु नगरपालिका वडा नम्बर–२ सीतापुरका राजकुमार महतोको किराना पसलमा आगलागी हुँदा ६ लाख मूल्य बराबरको क्षति भएको छ ।

त्यसैगरी देवचुली नगरपालिका वडा नम्बर १३ को एक शिशु स्याहार केन्द्रमा भएको आगलागीले ७ लाख मूल्य बराबरको क्षति भएको छ ।

दुवै घरमा शनिबार विद्युत् सर्ट भएर आगो लागेको प्रहरीले जनायो । त्यहाँ मानवीय दुर्घटना भने भएको छैन । कावासोती नगरपालिकाको दमकल, स्थानीय र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित : भाद्र २६, २०७९ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?