कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा फरार प्रतिवादी लागूऔषधसहित पक्राउ

आश गुरुङ

लमजुङ — चोरी मुद्दाका फरार प्रतिवादी एक युवकलाई प्रहरीले लागूपदार्थसहित पक्राउ गरेको छ । प्रहरीले सुन्दरबजार नगरपालिका ९, भोटेओडार नयाँबजारबाट २९ वर्षीय डिलराज गुरुङलाई पक्राउ गरेको जनाएको छ । 

लमजुङमा फरार प्रतिवादी लागूऔषधसहित पक्राउ

दोर्दी गाउँपालिका ५, पाचोक घर भइ हाल सुन्दरबजार नगरपालिका ९, धारापानी बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा हिँड्दा हिँड्दै पक्राउ गरेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको लागूऔषध (गाँजा) ५ सय १५ ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार रोल्के भन्ने डिलराज गुरुङ चोरी मुद्दामा २ वर्षदेखि फरार थिए । २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना सुनाएका उनको कैद भुक्तान र जरिवाना तिर्न बाँकी थियो । लागूऔषध गाँजा लिएर हिँडेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडेका उनलाई खानतलासी गरी पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए ।

बिहीबार पक्राउ परेका गुरुङलाई शुक्रबार लमजुङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी लागूऔषध (गाँजा) मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र २५, २०७९ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?