कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य कार्यालय र स्थानीय तहमा लमजुङ प्रथम

आश गुरुङ

लमजुङ — गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकमा स्वास्थ्यसँग सम्बन्धित लमजुङका २ कार्यालय प्रथम भएका छन् । प्रदेशभित्रका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय लमजुङ प्रथम भएको छ ।

स्वास्थ्य कार्यालय र स्थानीय तहमा लमजुङ प्रथम

एउटा महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तहमध्ये कार्यसम्पादनमा स्वास्थ्य शाखा अन्तर्गत लमजुङकै मध्यनेपाल नगरपालिका प्रथम भएको छ । लमजुङ गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङको गृहजिल्ला पनि हो ।

जिल्ला अस्पतालमा म्याग्दीको बेनी अस्पताल र आयुर्वेदतर्फ धौलागिरि आयुर्वेद औषधालय प्रथम भएका छन् । स्वास्थ्य निर्देशक खिमबहादुर खड्काका अनुसार निर्देशनालयले आर्थिक वर्ष २०७८/०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको सम्पादनका आधारमा मूल्यांकन गरिएको हो । यसका लागि प्राविधिक कार्य समूह गठन गरिएको र उनीहरुले पेस गरेको प्रतिवेदन मूल्यांकनका आधारमा अवस्था मापन गरिएको थियो ।

मन्त्रालयका अनुसार स्वास्थ्य कार्यालय लमजुङले ८३ दशमलव ८ अंक ल्याएर प्रथम भएको हो । स्वास्थ्य कार्यालय म्याग्दी ८१ दशमलव ३ अंकका साथ दोस्रो भएको छ । स्वास्थ्य कार्यालय नवलपरासी ७९ दशमलव २ अंकका साथ तेस्रो भएको छ ।

अस्पतालतर्फ प्रथम हुने बेनी अस्पतालले ७८ अंक प्राप्त गरेको छ । ७० दशमलब २८ प्रतिशत अंक ल्याएर कास्कीको मातृशिशु मितेरी अस्पताल दोस्रो र जिल्ला अस्पताल पर्व ६९ दशमलब ७० तेस्रो भएका छन् । आयुर्वेद औषधालयतर्फ धौलागिरि आयुर्वेद अस्पताल बाग्लुङ ८१ दशमलब २६ अंकका साथ प्रथम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वत ६७ अंकका साथ दोस्रा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङ ६४ दशमलब ९७ अंकका साथ तेस्रो भएका छन् ।

कार्य समूह अन्तर्गत गठित उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले राष्ट्रिय खोप कार्यक्रम, पोषण, बालरोगको एकीकृत व्यवस्थापन, परिवार नियोजन, मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, गाउँघर क्लिनिक, क्षयरोग नियन्त्रण, एड्स तथा यौनरोग नियन्त्रण, औलो रोग निवारण, उपचारात्मक सेवा, स्वास्थ्य व्यवस्थापन तथा आपूर्ति व्यवस्थापन कार्यक्रमलगायतको मूल्यांकन गरिएको थियो ।

स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङले प्राविधिक समूहको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मूल्यांकन र सुझावका आधारमा संस्थागत सुधार तथा हौसला प्रदान गर्न कार्यक्रम ल्याइएको बताइन् । उनीहरुलाई बेंसीसहरमा बुधबार आयोजित प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको थियो । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले सबै स्वास्थ्यकर्मी, कर्मचारी, सरोकारवाला, नागरिकको साथ सहयोगबाट प्रथम हुन सफल भएको दाबी गरे ।

स्वास्थ्य कार्यक्रम सम्पादनका आधारमा स्थानीय तहमध्ये प्रथम हुन सफल मध्यनेपाल नगरपालिकाले ८७ दशमलव ४ अंक प्राप्त गरेको छ । पर्वतको पैयुँ गाउँपालिका ८६ दशमलव १ अंकले दोस्रा भएका छन् । म्याग्दीको बेनी नगरपालिका ८५ अंकका साथ तेस्रो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले प्रदेश अन्तर्गतको स्वास्थ्य संस्थाले गएका वर्षमा गरेका कार्यसम्पादनभन्दा पछिल्ला कार्य सम्पादनमा प्रगति भएको देखिएको बताए ।

अस्पतालतर्फ प्रथम हुने बेनी अस्पतालले ७८ अंक प्राप्त गरेको छ । ७० दशमलव २८ प्रतिशत अंक ल्याएर कास्कीको मातृशिशु मितेरी अस्पताल दोस्रो र जिल्ला अस्पताल पर्वत ६९ दशमलब ७० तेस्रो भएका छन् । आयुर्वेद औषधालयतर्फ धौलागिरि आयुर्वेद अस्पताल बाग्लुङ ८१ दशमलव २६ अंकका साथ प्रथम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्वत ६७ अंकका साथ दोस्रा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुस्ताङ ६४ दशमलब ९७ अंकका साथ तेस्रो भएका छन् ।

प्रकाशित : भाद्र २४, २०७९ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?