कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान्‌ पक्राउ परेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका-८ का ४० वर्षीय गोपाल दमै श्रीमतीको हत्याको आरोपमा पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

उनले श्रीमती ४२ वर्षीया मञ्जुलाई भदौ १४ गते कुटपिट गरी घाइते गराएको प्रहरीले दाबी गरेको छ ।

घाइते मञ्जुको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनलाई स्थानीयले उपचारका लागि जिल्ला अस्पताल लगेका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि गण्डकी शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

मञ्जुको उपचारको क्रममा १५ गते चिकित्सकले मृत घोषण गरेको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । प्रहरीले श्रीमान्लाई बिहीबार पक्राउ गरी जिल्ला अदालतमा कर्तव्य ज्यानको मुद्दा चलाइएको छ ।

प्रकाशित : भाद्र १९, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?