२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

एमाले उपमहासचिव गुरुङ प्रदेश सदस्यका लागि सिफारिस

आश गुरुङ

लमजुङ — नेकपा एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशमा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नाम लमजुङ प्रदेशसभा (ख) बाट सिफारिस गरिएको छ । गुरुङकै उपस्थितिमा शनिबार आयोजित नेकपा एमाले लमजुङको ५ औं पूर्ण बैठकले उनको नाम लमजुङ प्रदेशसभा (ख) का लागि प्रत्यक्ष उम्मेदवारमा सिफारिस गरेको हो ।

एमाले उपमहासचिव गुरुङ प्रदेश सदस्यका लागि सिफारिस

उनीसँगै एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि सिफारिस गरिएको छ । प्रतिनिधिसभा उम्मेदारका लागि एमालेले प्रत्यक्षतर्फ पूर्वसांसद (संविधानसभा सदस्य) जमीन्द्रमान घले र पार्टी सचिव सुभाष पौडेलको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पूर्वसांसद (संविधानसभा सदस्य) टुकाभद्र हमाल, कल्पना थापा र प्रेमबहादुर दुराको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा (क) को प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य धनाञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङको नाम सिफारिस भएको छ । प्रदेशसभा समानुपातिकतर्फ प्रेमबहादुर घले, मोहनहरी पौडेल, महेन्द्रलाल श्रेष्ठ, बमबहादुर थापा, फूलबहादुर थापा, नन्दराम विक, रञ्जित कुमाल, अमृत तामाङ, रामहरि दवाडी, गणेश पाण्डे, लक्ष्मी अधिकारी, यशोदा रिमाल, शान्ता भुजेल, लोका अधिकारी र राममाया थापा मगरको नाम सिफारिस गरिएको छ ।

प्रकाशित : भाद्र १८, २०७९ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?