महेन्द्रराजमार्गमा टायर बालेर सडक अवरोध- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महेन्द्रराजमार्गमा टायर बालेर सडक अवरोध

नारायण शर्मा

पूर्वी नवलपरासी — मंगलबार नेपाल बन्दको आह्वान गरेको नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले सदरमुकाम कावासोतीस्थित महेन्द्रराजमार्ग अवरोध गरेका छन् ।

बिहान साढे १० बजे जिल्ला प्रहरी कार्यालयबाट ८ सय मिटर पश्चिम महेन्द्रराजमार्गमा टायर बालेका हुन् । मोटरसाइकलमा आएका २ जना बन्दकर्ताले टायर बालेर भागेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

बिहानैदेखि बन्दका कारण पूर्वी नवलपरासी प्रभावित भएको छ । महेन्द्रराजमार्गमा बिहानैदेखि सार्वजनिक बस सेवा फाट्टफुट मात्र चलेका छन् । लोकल बस नचलेका कारण राजमार्गमा चहलपहल कम छ ।

शैक्षिक संस्था र कलकारखाना बन्द भएका छन् । राजमार्गमा फाट्टफुट्ट मालबहाक गाडी चलेको देखिन्छ । मुख्य सडकका पसल पातलो खुलेका छन् । भित्रि सडकमा निजी सवारी साधन मात्र सञ्चालन भएका छन् । सार्वजनिक यातायात सञ्चालन नभएका कारण बजारमा सर्वधारण त्यत्ति देखिएका छैनन् ।

प्रहरीले महेन्द्रराजमार्गका मुख्य बजारमा गस्ती बढाएको छ ।

प्रकाशित : भाद्र ७, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्

गायक जेम्स प्रधानले ल्याए तिज गीत 

कान्तिपुर संवाददाता

लन्डन — गायक जेम्स प्रधानले तिज गीत ‘घरमा म एक्लै छु’ सार्वजनिक गरेका छन्  । जेम्सको उक्त गीत र म्यूजिक गत आइतबार लन्डनमा एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।

गायक योगेश्वर अमात्य र तमुधिं यूके पूर्व अध्यक्ष सुवसिं गुरुङले गीत सार्वजनिक गरेका हुन् ।

पछिल्लो समय बजारमा आउने तिज गीतको तुलनामा प्रधानको गीत बिल्कुलै फरक छ । गीतमा स्वर, संगीत र शब्द जेम्सकै छ भने म्यूजिक भिडियो निर्देशन गरेका छन् राजन शाहीले । विनय श्रेष्ठको मुख्य अभिनय छ ।

प्रकाशित : भाद्र ७, २०७९ ११:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×