कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानिज इन्सेफलाइटिसबाट देवचुलीमा दुई जनाको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा जापानिज इन्सेफलाइटिस लागेका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाइँका अनुसार देवचुली नगरपालिकाका दुई जनाको उपचारको क्रममा चितवनका अस्पतालमा मृत्यु भएको हो ।

एक जनाको सोमबार उपचारको क्रममा चितवनको अस्पतालमा मृत्यु भएको हो । अर्का एक जनाको एक साताअघि मृत्यु भएको हो । उनीहरूको मृत्युबारे जिल्ला स्वास्थ्य कार्यालयले सोमबार अपराह्न जानकारी गराएको हो ।

यसबाहेक गैंडाकोटका एक जना र हुप्सेकोट गाउँपालिकाका अर्का एक जनामा पनि जापानिज इन्सेफलाइटिस लागेको बताइएको छ ।

दुवै जनाको चितवनका अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको चापागाइँले बताए । उनीहरू दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्छ ।

प्रकाशित : भाद्र ६, २०७९ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?