कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मी नहुँदा हेमोडायलसिस प्रभावित

कान्तिपुर संवाददाता

म्याग्दी — बेनी अस्पतालमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा मिर्गौला फेल भई नियमित डायलसिस गराउनुपर्ने बिरामीले समयमै सेवा पाउन सकेका छैनन् । अस्पतालमा हाल म्याग्दी, पर्वत र बागलुङका गरी २० बिरामीले नियमित डायलसिस गराइरहेका छन् । तर स्वास्थ्यकर्मी नहुँदा थप ११ बिरामी पालो पर्खेर बसिरहेका छन् ।

स्वास्थ्यकर्मी नहुँदा हेमोडायलसिस प्रभावित

सरकारी अस्पतालमा निःशुल्क हुने उक्त सेवा पालो पर्खेका बिरामीले पोखरा, काठमाडौंका निजी अस्पतालमा प्रत्येक पटक ७ देखि १२ हजार शुल्क तिर्न बाध्य छन् ।

‘नाम लेखाई पालो पर्खनुपर्छ । बिरामीलाई मेसिनमा जोडेपछि अविच्छिन्न स्वास्थ्यकर्मीको निगरानी चाहिन्छ । तीन जना मात्र स्वास्थ्यकर्मी भएकाले दैनिक १०–१२ घण्टा खट्नुपर्ने हुन्छ,’ अस्पताल हेमोडायलसिस युनिटकी सिनियर अनमी सुमित्रा पुनले भनिन्, ‘थप तीन जना तालिम प्राप्त स्वास्थ्यकर्मी भए पालो पर्खेका ११ जनालाई पनि सेवा दिन सकिन्थ्यो ।’

डायलसिसमा जनशक्ति अभाव मात्र होइन, विद्युत् आपूर्तिमा पनि समस्या हुने गरेको छ । अकस्मात् विद्युत् जाने र समयमै जेनेरेटरसमेत चलाउन नसक्ने अवस्थामा डायलसिस गरिरहेको बिरामीको स्वास्थ्य जोखिममा पर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रकाशित : श्रावण २३, २०७९ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?