कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'अर्थमन्त्रीमाथिको छानबिन समितिले बहुमतका नाममा टाउका गनेर प्रतिवेदन बुझायो'

प्रतीक्षा काफ्ले

काठमाडौँ — नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले अर्थमन्त्री जनार्दन शर्मामाथिको भएको छानबिनको प्रतिवेदनमा आफूहरूको असन्तुष्टि रहेको बताएकी छन् ।

'अर्थमन्त्रीमाथिको छानबिन समितिले बहुमतका नाममा टाउका गनेर प्रतिवेदन बुझायो'

११ सदस्यीय उक्त छानबिन समितिले बहुमतका आधारमा टाउका गनेर प्रतिवेदन पेस गरेको नेतृ अर्यालले आरोप लगाएकी छन् ।शर्मामाथिको छानबिन समितिको प्रतिवेदन चित्त बुझ्दो नभएकाले नेकपा एमालेका लागि स्वीकार्य नरहने उनले बताएकी थिइन् ।

आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै नेकपा एमालेकी सचिव पद्मा अर्यालले उक्त प्रतिवेदनप्रति आफूहरूको असहमति रहेको बताइन् । यस्तै गठबन्धन सरकारले अर्थमन्त्री शर्माविरुद्धको प्रमाण मेटाउने काम गरेको पनि उनको आरोप थियो ।

यसैबीच नेतृ अर्यालले आर्थिक सूचांक धरासायी बन्दै गएको र शेरबहादुर देउवा नेतृत्वको सरकार इतिहासकै नालायक र असफल रहेको पनि आरोप लगाइन् । अर्यालले पछिल्लो समय खाद्यान्न लगायत उपभोग्य सामग्रीमा बढ्दै गरेको महङ्गीको पनि विरोध गरिन् ।

पूर्वमन्त्री अर्यालले जेठ महिनामा मात्रै आयल निगमबाट ४१ करोड इन्धन घोटला भएको पनि आरोप लगाएकी थिइन् । तर यस सरकारसँग जनताले आसा गर्ने ठाउँ नरहेको उनको जिकिर थियो ।

प्रकाशित : श्रावण २२, २०७९ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?