कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याङ्जामा घरायसी विवादमा झगडा हुँदा एकको मृत्यु

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विवादमा झगडा हुँदा ४५ वर्षीय श्यामबहादुर रोकाको मृत्यु भएको छ । बुधबार दिउँसो पिँढीमा गफ गरेर बसेका भीरकोट–३ रिजुका श्याम र ५० वर्षीय यामबहादुर रोकाबीच एक्कासी विवादले झगडाको रुप लिएको थियो ।

त्यसक्रममा यामले धकेल्दा आँगनमा खसेका श्यामको मृत्यु भएको स्याङ्जा प्रहरीका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिए । घाइते श्यामलाई उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलुमा लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ । उनीहरु छिमेकी दाजुभाइ हुन् ।

डीएसपी खनालका अनुसार विवाद र घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘छलफल हुँदा के विषयमा विवाद भएको थियो भनेर बुझ्न अर्को तेस्रो व्यक्ति सहभागी नभएकाले थाहा भएन । अनुसन्धान हुँदैछ कारण खुल्दै जाला,’ उनले भने । बुधबार नै पक्राउ परेका यामलाई बिहीबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

प्रकाशित : श्रावण ५, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?