भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँ बराबरको चिनी र कपडा बरामद

नारायण शर्मा

पूर्वी नवलपरासी — भन्सार छलेर ल्याएको ५४ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको चिनी र कपडा प्रहरीले अरुणखोलाबाट बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बर्दघाटबाट कावासोतीतर्फ आउँदै गरेको लु २ ख ६३७ नम्बरको ट्रकमा ल्याइएको १९ सय १७ पिस सर्ट र ४ सय १८ बोरा चिनी सोमबार बिहान बरामद गरिएको हो ।

दुवै सामानको प्रचलित बजार मूल्य ५४ लाख ३६ हजार बराबरको रहेको प्रहरीको भनाइ छ । बरामद भएको सामान अनुसन्धानका लागि राजस्व कार्यालय रुपन्देही पठाइएको छ । सामान कसले ल्याएको हो भन्ने बारेमा अनुसन्धान भइरहेकाले कारोबारमा संलग्न व्यक्तिका बारेमा पछि जानकारी दिने प्रहरीले बताएको छ

प्रकाशित : असार २७, २०७९ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x