कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले मुस्ताङको कागबेनीमा क्षति

घनश्याम खड्का

म्याग्दी — मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ कागबेनीमा अवस्थित हिन्दुहरुको पृति उद्धारका लागि श्राद्ध/तर्पणस्थल गत शनिबार कागखोलामा आएको बाढीले क्षतिग्रस्त भएको छ । 

बाढीले मुस्ताङको कागबेनीमा क्षति

शुक्रबार राति बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको थोरङ्ला पास र मुक्तिनाथ क्षेत्रमा परेको भारी वर्षापछि कागखोलामा आएको बाढीले हिन्दुहरुको पवित्र तीर्थस्थल तथा पितृका लागि श्राद्धस्थल मुस्ताङको कागबेनीस्थित श्राद्ध/तर्पणस्थलमा गेग्र्यानले पुरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

कागबेनीमा रहेका पुजारी प्रताप आचार्यका बाढीले कागखोला र कालीगण्डकी नदीको दोभानमा रहेको कागबेनीमा रहेका तर्पणस्थल, पिण्ड तथा श्राद्ध दिने घरहरु भत्काएको छ । कागखोला (कागबेनीखोला) तर्न बनाएको काठेपुलमा क्षति पुर्‍याएको छ । आचार्यले शुक्रबार राति ११ बजे फेसबुक लाइभ गरी बाढीले वितण्डा देखाएका छन् ।

दामोदर कुण्डबाट आएको कालीगण्डकी र मुक्तिनाथबाट आउने कागखोलाको संगमस्थलमा अवस्थित कागबेनीमा पुगेर श्राद्ध गरेमा पितृहरुको उद्धार हुने विश्वासमा हिन्दुहरु कागबेनी पुगेर श्राद्ध गर्छन् । त्यसैगरी कागबेनीमा पितृ उद्धारपछि मुक्तिनाथका एक सय आठधारामा नुहाएमा अज्ञानताबस भएको पाप मोचन भइ मोक्ष प्राप्त हुने जनविश्वास पनि छ ।

त्यसैगरी मध्यमस्तरको वर्षापछि बेनी–जोमसोम सडक अर्न्तगत म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोलामा आएको बाढीले यातायात अवरुद्ध छ । सदरमुकाम बेनीदेखि १२ किलोमिटर उत्तर बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पुल नहुँदा यात्रुले वर्षेनी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

०७३ भदौ १५ गते राति आएको बाढीले ११ वटा घरसमेत बेलिब्रिज र सँगै रहेको झोलुङ्गे पुल कालीगण्डकीमा मिसाएको थियो । त्यसयता बेगखोलामा मोटरपुल मात्र होइन सामान्य हृयुमपाइप राखेर कल्भर्ट समेत बनाइएको छैन ।

बेगखोला खहरे खोला हो । बेग, बान्दुक लगायत माथिल्लो ठूलो भीर, जंगलबाट भेल जम्मा भएर तल आउने र बेगको पुछारमा ठूलो पहिरो चलेकोले बेगखोलाले गेग्र्यान धेरै ल्याउने गर्छ ।

प्रकाशित : असार २५, २०७९ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?