कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गण्डकी प्रदेश सभामा एमालेको अवरोध

कास्की — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर एमालेले बैठकमा अवरोध सिर्जना गरेको हो ।

गण्डकी प्रदेश सभामा एमालेको अवरोध

एमालेले अवरोध गरेपछि प्रदेश सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको हो । असार १ मा सार्वजनिक बजेटमा निर्वाचान पूर्वाधार विकास कार्यक्रम छुटेको तर २० दिनपछि उक्त योजना समावेश भएको भन्दै एमालेले विरोध जनाएको हो ।

एमालेका सांसद्हरूले २० दिनअघि छुटेको बजेट २० दिनपछि कसरी ल्याइयो भन्दै अवरोध गरेका हुन् ।

अर्थमन्त्री रामजीप्रसाद बरालले निर्वाचन पूर्वाधार कार्यक्रम नराखेपछि गठबन्धन सत्तासीन दल र प्रमुख प्रतिपक्षी एमालेले पनि विरोध जनाएपछि उक्त कार्यक्रम समेट्ने सहमतिपछि असार २० बाट बजेटमाथी छलफल सुरु भएको थियो ।

प्रकाशित : असार २४, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?