बेनी–जोमसोम सडक अवरुद्ध- गण्डकी - कान्तिपुर समाचार

बेनी–जोमसोम सडक अवरुद्ध

रासस

म्याग्दी — म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शनिबार बिहानदेखि अवरुद्ध भएको छ ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गए राती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बताए । 'सडक खुलाउने काम भइरहेको छ,' उनले भने ।

सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ । नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रेभीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दीतर्फ आउने जाने सवारीसाधन बीच सडकमा रोकिएका छन् ।

अत्यावश्यक कामले गन्तव्यमा पुग्नुपर्ने सवारीसाधन परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । स्थानीयवासी, मुस्ताङ घुम्ने पर्यटक र मुक्तिनाथ दर्शनका लागि आउने र जाने भक्तजनलाई समस्या भएको छ ।

प्रकाशित : असार १८, २०७९ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा बाघको आक्रमणबाट महिला घाइते

रासस

चितवन — बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित : असार १८, २०७९ १२:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×