कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

खोलाले बगाएर वृद्धको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको गिरुबारी खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार खोलाले हुप्सेकोट गाउँपालिका-२ का ६८ वर्षीय केशबहादुर सलामलाई बगाएको हो । 

धानको बिउ बोकेर बुधबार गिरुबारी खोलापारि रोपाइँ गर्न जाँदै गर्दा उनलाई बगाएको प्रहरीले जनाएको छ । उनी बिउ बोकेर एक्लै खोला तरेका थिए । बाढीमा परेका कारण उनलाई फेला पार्न नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : असार १६, २०७९ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?