कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैंडाकोट जलमग्न

नारायण शर्मा

नवलपरासी पूर्व — लगातारको वर्षापछि नवलपरासी पूर्वको गैंडाकोट जलमग्न भएको छ । महेन्द्रराजमार्गदेखि उत्तर तर्फको बाढीले निकास नपाउँदा वडा नम्बर ४ का दर्जनौं घर डुबानमा परेका छन् ।

गैंडाकोट जलमग्न

झपर्दीका अधिकांश घर डुबानमा परेका छन् । महेन्द्र राजमार्गको कांग्रेस चोकदेखि पूर्व, उत्तरको क्षेत्र डुबानमा परेको हो । ग}डाकोटको पूर्वोत्तर क्षेत्रबाट आएको पानीले निकास नपाउँदा हरेक वर्ष यहाँका घरहरू जलमग्न हुने गरेको स्थानीय कृष्ण न्यौपाने बताउँछन् । राजमार्गभन्दा उत्तरतर्फको बाढीले निकास नपाउँदा हरेक वर्ष दर्जनौं घर डुबानमा पर्ने गरे पनि समस्या समाधानमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।

गैंडाकोटका मेयर मदनभक्त अधिकारीले सडक विभागले पानीको निकासका लागि काम नगरेका कारण हरेक वर्षामा गैंडाकोटका बस्ती डुबानमा पर्ने गरेको बताए ।

अधिकारीले नगरपालिकाको प्रयासमा पानीको निकास दिन काम गरिरहेको जानकारी दिए । उनले बाढीलाई निकास दिन दुईवटा एक्स्काभेटर लगाएर काम भइरहेको जानकारी दिए । बस्तीभन्दा राजमार्गको भाग अग्लो भएका कारण बाढीले निकास नपाएको हो ।

प्रकाशित : असार १५, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?