कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणी नदीमा पानीको सतह बढ्यो‚ डुबानको जोखिममा बस्ती

नारायण शर्मा

पूर्वी नवलपरासी — भीषण वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेपछि आसपासका गाउँमा जोखिम बढेको छ । नारायणी नदीको गैंडाकोटदेखि त्रिवेणीधामसम्मको क्षेत्रका धेरै बस्तीहरू डुबान र कटानको जोखिममा परेका छन् ।

नारायणी नदीमा पानीको सतह बढ्यो‚ डुबानको जोखिममा बस्ती

जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान सूचना प्रकाशन गरेर कावासोती, डन्डा र गिरुवारी क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।जलमापन केन्द्रका अनुसार त्रिवेणी ब्यारेजमा पानीको सतह १ लाख ६९ हजार क्युसेक लिटर पानी रहेको जानकारी दिएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ह्वात्तै बढेको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नारायणीमा पानीको सतह बढेपछि आसपासका क्षेत्रमा आपत्कालीन अवस्था आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको जानकारी दिए । गत १४ घण्टादेखिको लगातारको वर्षात्‌ले नारायणीमा पानीको सतह बढिरहेको छ ।

पूर्वी नवलपरासीका गैंडाकोटदेखि त्रिवेणीधामसम्मको क्षेत्रका दर्जनौं गाउँ डुबानको जोखिममा परेका छन् ।

प्रकाशित : असार १५, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?