कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार जिपले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का २६ वर्षीय दयाराम मोक्तान र भीमफेदी गाउँपालिका–१ का २३ वर्षीय दीपेश गोल रहेको प्रहरीले जनाएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा४३प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशामा आइरहेको ग३च ४१८२ नम्बरको बोलेरोले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना घाइते भएका हुन् ।

घाइते मोक्तानको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा र गोलेको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित : असार १४, २०७९ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?