कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा लागूऔषधसहित युवक पक्राउ

सम्झना रसाइली

तनहुँ — जिल्लाको भानु नगरपालिका–९ बडहरेबाट लागूऔषधसहित युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय योगेन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले पाएको गोप्य सूचनाको आधारमा थापाको कोठा खोजतलासी गर्दा डाइजेपाम ९८, फेनरागन ९८, एम्पुल र नुफिन ९८ गरी २९४ एम्पुल लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक राजकुमार बिकले बताए । थापाविरुद्ध आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रकाशित : असार १२, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?