पालुङटारको बजेट ८२ करोड ६० लाख- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पालुङटारको बजेट ८२ करोड ६० लाख

हरिराम उप्रेती

गोरखा — पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ८२ करोड ६० लाखको बजेट सार्वजनिक गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ १९ करोड ७९ लाख, ससर्त चालुतर्फ ३२ करोड ९५ लाख, ससर्त पुँजीगततर्फ ३ करोड ३३ लाख, संघीय सरकारको समपुर अनुदानबाट एक करोड ६० लाख र राजस्व बाँडफाँटतर्फ ११ करोड ४४ लाख आय-व्याय अनुमान गरेको छ ।

प्रदेश सरकारको समानीकरण अनुदानतर्फ २ करोड ५२ लाख ६२ हजार, समपुरक अनुदान १ करोड र राजश्व बाँडफाँटमा ९० लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक भएको छ । संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय गरि ८२ करोड ६० लाख रुपैयाँको बजेट सार्वजनिक भएको हो ।

‘समाजवादको आधार निर्माणको अभियान, सुन्दर, समृद्ध पालुङटार हाम्रो सान’ भन्ने नारालाई सार्थक तुल्याउने गरी बजेट प्रस्ताव तय गरेको नगर उपप्रमुख वन्दना पाण्डेले नगरसभामा जानकारी गराइन्।

प्रकाशित : असार १०, २०७९ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्

बेंसीसहर नगरपालिकाको बजेट ७५ करोड ५३ लाख

आश गुरुङ

लमजुङ — बेंसीसहर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ५३ लाख ३ हजार रुपैयाँको बजेट नगरसभामा पेस गरेको छ । नगर उपप्रमुख पदमा गुरुङले शुक्रबार बेंसीसहरमा आयोजित ११ औं नगरसभामा आर्थिक वर्ष २०७९/०८० का लागि बजेट पेस गरेकी हुन्।

नगरपालिकाले चालुतर्फ १३ करोड अर्थात १७ दशमलब २१ प्रतिशत बजेट विनियोजन गरेको छ। पूँजीगततर्फ २५ करोड ९४ लाख ३ हजार अर्थात ३४ दशमलब ३४ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बजेटमा सशर्ततर्फ २९ करोड ९ लाख अर्थात ३८ दशमलब ५१ प्रतिशत बजेट प्रस्ताव गरिएको छ । समपुरक, विशेष र अन्य गरी ७ करोड ५० लाख अर्थात् ९ दशमलब ९३ बजेट प्रस्ताव गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ करोड ८७ लाख ६२ हजार अर्थात् ३ दशमलब ९३ प्रतिशतले बढी हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोत तथा स्थानीय राजश्वबाट ८ करोड ५६ लाख ८१ हजार, संघीय र प्रदेश राजश्व बाँडफाँटबाट १३ करोड ५० लाख ७२ हजार, संघीय र प्रदेश समानीकरण अनुदानबाट १६ करोड ८६ लाख ५० हजार, संघीय र प्रदेश सशर्त, समपुरक र विशेष अनुदानबाट ३६ करोड ५९ लाख बेहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।

नगरप्रमुख गुमानसिंह अर्यालले नागरिकका आवश्यकता र मागलाई मध्यनजर राखेर नीति तथा कार्यक्रम निर्माण गरिएको बताए ।

उनका अनुसार नगरसभामा पेस गरिएका नीति तथा कार्यक्रम र बजेटलाई छलफल गरेर आगामी २४ गते बस्ने बैठकले पास गरिनेछ । सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनप्रतिनिधिलाई नागरिकको सेवा बनेर काम गर्नुपर्ने बताए । उनले जनमुखी नीति तथा कार्यक्रम र बजेट ल्याउन आवश्यक रहेको बताए ।

प्रकाशित : असार १०, २०७९ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×