व्यास नगरपालिकाको बजेट एक अर्ब ६५ करोड ५४ लाख- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यास नगरपालिकाको बजेट एक अर्ब ६५ करोड ५४ लाख

सम्झना रसाइली

तनहुँ — तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगर उपप्रमुख इन्दिरा दरैले शुक्रबार ३७औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् । सार्वजनिक बजेटमध्ये चालु खर्चतर्फ ८६ करोड ५५ लाख ६ हजार र पूँजीगत तर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ ।

प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकास तर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद्‍ व्यवस्थापनतर्फ ६ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित : असार १०, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं महानगरको चालु खर्च करिब २२ प्रतिशतमात्रै

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा करिब २२ प्रतिशतमात्रै बजेट खर्च गरेको छ । उपमेयर सुनिता डंगोलले शुक्रबार आगामी वर्षको बजेट सार्वजनिक गर्ने क्रममा चालु आर्थिक वर्षको ११ महिनामा महानगरले ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ मात्रै खर्च गरेको जानकारी दिइन् ।

जुन कुल विनियोजनको २१.६३ प्रतिशत मात्रै हो । महानगरले चालु आर्थिक वर्षका लागि १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये पूँजीगत एवं पूर्वाधार तर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार र वित्तीयतर्फ १८ करोड खर्च भएको छ ।

महानगरपालिकाले मसान्तसम्ममा आन्तरिक श्रोतबाट ३ अर्ब ९९ करोड २६ लाख ५१ हजार ९ सय २८ आम्दानी गरेको छ भने बाह्य आम्दानीतर्फ ४ अर्ब ८१ करोड २३ लाख ३९ हजार ८ सय ७० आम्दानी गरेको छ ।

प्रकाशित : असार १०, २०७९ १७:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×