कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरोले डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

आश गुरुङ

लमजुङ — पृथ्वी राजमार्गको शाखा डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध भएको छ । ठाउँठाउँमा पहिरो जाँदा तनहुँ, लमजुङ र मनाङका नागरिक प्रभावित भएका छन् । लमजुङमा गत वर्ष पहिरो गएको ठाउँ बेंसीसहर नगरपालिका १, उदीपुरमा पुनः पहिरो गएपछि सडक अवरुद्ध भएको छ । लमजुङको भोटेओडार, भकुण्डेलगायत क्षेत्रमा सवारी साधन नै बगाउने खालको बाढी आउँदा सवारी आवागमन रोकिएका छन् ।

बाढीपहिरोले डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

डुम्रे-बेंसीशहर-चामे सडक योजनाका प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार तनहुँको भानु नगरपालिका ८, बलीफाँटमा बाढीले सडक बगाएको छ । तुरतुर क्षेत्रमा पनि सडकमा क्षति पुर्‍याएको छ । मनाङतर्फ बेंसीसहर नगरपालिका ६, खरखरेमा पहिरो गएको छ । मर्स्याङ्दी गाउँपालिका ४, अर्खलेमा पहिरो जाँदा सवारी साधन आवागमन रोकिएको उनले बताए ।

लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले शनिबार रातिको वर्षाले डुम्रे-बेंसीसहर-चामे सडकको ठाउँठाउँमा सडक बगाउँदा लामो दूरीका सवारी साधनको आवतजावत रोकिएका छन् । कच्ची शाखा सडकहरूलाई समेत बाढीपहिरोले बगाएको छ ।

उनका अनुसार पैदल हिँड्नेका लागि केही वैकल्पिक ठाउँ खोजेर व्यवस्थापन गरिएको बताए ।

डुम्रे-बेंसीसहर सडकअन्तर्गत लमजुङको बेंसीसहर नगरपालिका १, उदीपुरमा गएको पहिरो । तस्बिर : कान्तिपुर

प्रकाशित : असार ५, २०७९ ११:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?