कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँबुखैरेनी सडक खण्ड एकतर्फी सञ्चालन

राजमार्गमा सयौं यात्रु अलपत्र
सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित मर्स्याङदी विद्युत गृह नजिकै सडक शुक्रबार बिहान भासिएपछि अवरुद्ध भएको उक्त खण्ड मर्मत कार्य भइरहेको हुँदा एकतर्फी मात्र यातायात सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी सडक खण्ड एकतर्फी सञ्चालन

सहज रुपमा यातायात सञ्चालन गर्नका लागि भासिएको सडकको कुनातर्फ रहेको पहिरो काट्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए । उनले भने, ‘सडकको चाप हेरी काम रोकिएको समयमा सवारी साधन वारपार गराउने गरिएको छ । सानाठूला सबै सवारी साधान पास गराइएको छ ।’

उक्त सडक खण्ड अर्को सूचना नआएसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिएको छ । एकतर्फी सडक सञ्चालन गरिएको हुँदा राजमार्गमा सयौं यात्रुहरु अलपत्र परेका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७९ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?