कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सेती नदीमा हाम फालेकी किशोरी वेपत्ता

प्रतीक्षा काफ्ले

कास्की — पोखरा महानगरपालिका–३ नारायणथानस्थित सेती नदीमा हाम फालेकी किशोरी वेपत्ता भएकी छन् ।

बुधबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदा धादिङ निलकण्ठ नगरपालिका–५ घर भई हाल पोखरा–१ अधिकारी टोलमा बस्दै आएकी १८ वर्षीया कन्चन अवस्थी नदीमा हाम फालेकी हुन् ।

जिल्ला प्रहरी कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका अनुसार किशोरी बुधबार साँझसम्म पनि भेटिएकी छैनन् । अहिले प्रहरीको उद्धार टोलीले उनको खोजी कार्य जारी राखेको जनाएको छ ।

अवस्थी पोखराको पीएन क्याम्पसमा बीएस्सी पहिलो वर्षमा अध्ययनरत थिइन् । उनले मानसिक रोगको औषधि सेवन गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित : जेष्ठ २५, २०७९ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×