१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

गण्डकीमा नयाँ तथा सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर प्लेट

दीपक परियार

पोखरा — गण्डकी प्रदेशमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान हुने भएको छ । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले इम्बोस्ड नम्बर जडानबारे मंगलबार उक्त सूचना जारी गरेको हो ।

गण्डकीमा नयाँ तथा सरुवा दर्तालाई मात्रै इम्बोस्ड नम्बर प्लेट

गण्डकीमा आइतबारदेखि इम्बोस्ड नम्बर जडान सुरु भएको थियो । हाल जडान गराउन सेवाग्राहीको अत्यधिक चाप थियो ।

कार्यालयमा यातायात व्यवस्था विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अन्य उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको थियो । त्यसभन्दा बढीको बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न नसकिने तथा कार्यालय परिसरमा सवारी साधन पार्किडको पनि समस्या रहेको कार्यालयको सूचनामा उल्लेख गरिएको छ । सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर जडान गरिने कार्यालयले जनाएको छ ।

मंगलबार नै उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समिति र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्नुपर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?