२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

गण्डकीको नीति तथा कार्यक्रम आज

कास्की — गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्दै छ । दिउँसो पौनै तीन बजे बस्ने प्रदेशसभा बैठकमा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । 

गण्डकीको नीति तथा कार्यक्रम आज

प्रदेश सरकारले पाँचौंपल्ट नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारूढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलोपल्ट सदनमा नीति तथा कार्यक्रम पेस गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नजिकिँदै गरेको प्रदेश र संघको निर्वाचनलाई लक्षित गरिएको सत्तारूढ दलकै सांसदले बताएका छन् ।

यता, प्रदेश सरकारले भने, कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको जनाएको छ । निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ । प्रतिपक्ष दलका सांसदले सरकारका पुरानै कार्यक्रमलाई जोड दिनुपर्ने सुझाव दिएका छन् ।

बहुवर्षीय योजना जस्ता सरकारका महत्त्वपूर्ण मानिएका कार्यक्रमलाई निरन्तरता दिन उनीहरूको दबाब छ । नीति तथा कार्यक्रमको तयारी भए पनि मुख्यमन्त्री र मन्त्रीहरू सोमबार बेलुकासम्म बैठक बसेर थपघट गर्न सक्ने मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले बताए । उनका अनुसार मंगलबार बिहान मन्त्रिपरिषद्को बैठक बसेर मात्र अन्तिम निर्णय गर्नेछ ।

प्रकाशित : जेष्ठ २४, २०७९ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?