कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

आश गुरुङ

(लमजुङ) — आफ्नै छोरीलाई जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले लमजुङको राइनासबाट एक जना अधबैंसेलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार एकजना ४५ वर्षीय अधबैंसेले आफ्नै १६ वर्षीया छोरीलाई घरमा कोही नभएको बेला जवर्जस्ती करणी गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार किशोरी नै प्रहरी कार्यालयमा आएर उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो ।

आइतबार बिहान ४ बजेतिर घरबाट पक्राउ गरिएका ती अधबैंसेलाई लमजुङ जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको इन्पसेक्टर रेग्मीले बताए । उनका अनुसार पीडित र पीडक दुवैको स्वास्थ्य परीक्षण गरिएको र छोरीलाई आमाको जिम्मा लगाएर पठाइएको छ ।

प्रहरीका अनुसार मद्यपान गरी स्थानीय चुनावका बेला र चुनावपछि समेत गरी ती अधबैंसेले छोरीलाई २ पटक करणी गरेको प्रारम्भिक बयान छोरीले दिएकी छन् । प्रारम्भिक बयानकै क्रममा ती अधबैंसेले २ पटकसम्म करणी गरेको स्वीकार गरेका अनुसन्धानमा खटिएका प्रहरीले बताएको छ । ‘हामीले अदालतमा म्याद थप गरी अनुसन्धान थालेका छौं । घटनाको प्रकृति हेर्दा जवर्जस्ती करणी भएको प्रमाण र आधारहरु देखिएका छन्,’ प्रहरीले भन्यो ।

प्रहरीका अनुसार आमालाई भन्न नसकेर ती किशोरी प्रहरी कार्यालयमा आएका हुन् । तिनै किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवकलाई यही बैशाखमा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाइसकेको छ । चैत ३० गतेको घटनामा ती युवकले किशोरीलाई नजिकैको बजारमा खाजा खान लगेपछि साँझपख भीषण वर्षा भएपछि होटलमा लगेर जबर्जस्ती करणी गरेको घटनामा प्रहरीले युवकविरुद्ध मुद्दा चलाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?