कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा एक महिलाको मृत्यु

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा मंगलबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–२ की ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको हो ।

थापाको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । अर्का एक जना घाइते सुशीर थापाको अवस्था गम्भिर रहेको र पोखरामा उपचार भइरहेको बताइएको छ । पवित्रा र सुशीर आमाछोरा हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?