दाउन्नेमा बस पल्टिँदा ३० घाइते- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाउन्नेमा बस पल्टिँदा ३० घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वपश्चिम महेन्द्र राजमार्गको दाउन्नेमा शनिबार बस पल्टिँदा ३० यात्रु घाइते भएका छ्न् ।

गोरखाबाट लुम्बिनी पुगेर फकिँर्दै गरेको आमा समूहका सदस्यहरू चढेको बस पल्टिएको प्रहरीले जनाएको छ । यद्यपि उनीहरूबारे विस्तृतमा जानकारी आइसकेको छैन ।

घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ । उनीहरुको चिसापानीस्थित अस्पतालमा उपचार गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७९ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमाले विजयी

नारायण शर्मा

पूर्वी नवलपरासी — जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा एमाले विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले दिएको जानकारीअनुसार मेयरमा एमालेका विष्णुप्रसाद भुसाल ३ सय ४ मतान्तरले विजयी भएका हुन् ।

भुसालले १८ हजार ६ सय ८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र पोखरेलले १८ हजार ३ सय ४ ल्याएका छन् । पोखरल यसअघि पनि कावासोती प्रमुखमा पराजित भएका थिए ।

यसैगरी उपमेयरमा एमालेकी फूलकुमारी थनेतले १९ हजार २४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५ सय ६१ मत पाएका छन् ।

कावासोतीका १७ वडामध्ये १३ वटा एमालेले जितेको छ । नेपाली कांग्रेस ४ वटा वडामा विजयी भएको छ भने माओवादी केन्द्रले एउटा वडा जितेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७९ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×