कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

हरिराम उप्रेती

गोरखा — उम्मेदवारी दर्ताको तयारी गर्दै गरेको नेपाली कांग्रसबाट गोरखा नगरपालिकाका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । उम्मेदवारी दर्ताका लागि फोट खिच्न लागेका श्रेष्ठलाई असन्तुष्टि कांग्रेस कार्यकर्ताले गोरखा नगरपालिका–६ स्थित बैंकरोडमा पसलभित्रै पसेर कुटपिट गरेका हुन् ।

गोरखा नगरपालिकाका मेयरका उम्मेदवार आफ्नै कार्यकर्ताबाट कुटिए

कुटपिटबाट श्रेष्ठको हातमा चोट लागेको छ । ‘फोटो खिच्दै गर्दा भित्रै आएर पाँच– सात जनाले कुटपिट गरे,’ श्रेष्ठले भने ।

गोरखा नगरपालिकाको उम्मेदवारी छनोटमा असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ताहरुले आइतबार बिहान कांग्रेस पार्टी कार्यालय र नगर समितिको कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदेश समितिको उमेदवारी छनोटको निर्णय सच्याउन माग गर्दै सडकमा धर्ना बसेका छन् । ‘कार्यकर्ताको भावना विपरीत काम भयो, एकल प्रतिस्पर्धामा उत्रने निर्णय भएको छ, तर जित्ने उम्मेदवारभन्दा पनि एकलौटी ढंगबाट भएको उमेदवारी छनोटमा हाम्रो असुन्तुष्टि हो,’ असन्तुष्ट मध्येका अमृत भण्डारीले भने ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी वनेका राजन राज पन्त सहित १० जनाले गोरखा नगरपालिकामा आकांक्षा राखेका थिए ।

प्रकाशित : वैशाख १२, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?