कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

पोखराको मेयर बन्न कांग्रेसभित्र १८ जनाको उम्मेदवारी

पोखरा मेयरको उम्मेदवारका लागि कांग्रेसले आन्तरिक प्रतिस्पर्धा गराउँदा बहालवाला प्रदेशमन्त्रीदेखि पूर्व सचिवसहित १८ जनाले उम्मेदवारी दिएका छन् ।
दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाको प्रमुख बन्न कांग्रेसभित्र बहालवाला प्रदेशमन्त्रीदेखि पूर्व सचिवसहित १८ जनाले उम्मेदवारी दिएका छन् ।

पोखराको मेयर बन्न कांग्रेसभित्र १८ जनाको उम्मेदवारी

कांग्रेसको महानगर समितिले शनिबारदेखि आइतबार दिउँसो ४ बजेसम्म प्रमुख र उपप्रमुखको आकांक्षीलाई नाम दर्ता गर्न समयावधि तोकेको थियो । कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले आइतबार पार्टी कार्यालय पुगेर आफ्नो उम्मेदवारी प्रस्तुत गरे ।

उनी कास्कीको २(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । एमाले नेतृत्वको सरकार ढलेर कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री भएसँगै उनी मन्त्रीको जिम्मा पाएका थिए । आफ्ना मतदाताको आग्रह बमोजिम महानगर प्रमुखमा आन्तरिक उम्मेदवारी दिएको उनले बताए ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्यसमेत छन् । कास्की कांग्रेसका अध्यक्ष किशोरदत्त बराल, पूर्वअध्यक्ष कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कमाचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण विजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले समेत महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

उपप्रमुखमा आन्तरिक उम्मेदवारी दिनेमा माया बराल, लक्ष्मी पाण्डे, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ शिव केसी र गोविन्द नेपाली छन् ।

कांग्रेस महानगर समितिका सचिव गणेश थापाले दर्ता भएका नामउपर छलफल भएर सर्वसम्मत उम्मेदवार टुंगो लगाउने बताए । ‘सहमति नजुटे आन्तरिक निर्वाचनबाट १ महिला सहित ३ जनाको नाम पठाउने वा उम्मेदवारी दर्ता गरेका सबैको पठाउनेबारे छलफल हुने छ,’ उनले भने । कांग्रेसले महानगर प्रमुखका आकांक्षीसँग २५ हजार र उपप्रमुखसँग २० हजार रुपैयाँ स्वेच्छिक सहयोग संकलन गरेको थियो ।

प्रकाशित : वैशाख ४, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?