कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अधकल्चा पार्क

घनश्याम खड्का

म्याग्दी — नेपालभर पाइने ३२ थरीका गुराँस रोपेर अन्नपूर्ण गाउँपालिका–७ फूलबारी डाँडाखर्कमा पार्क बनाउने योजना अलपत्र छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको ९ लाख ६० हजार र समुदायको १ लाख १० हजार गरी १० लाख ७० हजार रुपैयाँको लागतमा गुराँस पार्क बनाउने योजना थियो । डिभिजन वन कार्यालय म्याग्दीले पार्क बनाउनुपर्ने भए पनि हालसम्म गुराँसका बेर्ना सारिएका छैनन् ।

अधकल्चा पार्क

उक्त क्षेत्रमा ९ प्रकारका गुराँस पाइन्छन् । बाँकी २३ प्रजाति प्रदेश एकको तीनजुरे मिल्के जलजले गुराँस संरक्षण क्षेत्र आयोजनाबाट ल्याउने बताइएको थियो । सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले कोरोना महामारीका कारण बेर्ना ल्याउन नसकिएको बताए ।

गुराँस पार्क मात्र होइन, बेनी नगरपालिका–१ रत्नेचौर नजिक ठूलो रानीवन सामुदायिक वनभित्र निर्माणाधीन ‘सहरी हरित पार्क’, रघुगंगा गाउँपालिका–५ झिंको टोड्केमा निर्माणाधीन ‘सिद्धबाबा हरित उद्यान’, अन्नपूर्ण–५ खोप्रा लेकमा निर्माणाधीन ‘पाहुना घर (धर्मशाला)’ अधकल्चो छन् । रघुगंगा गाउँपालिकाका सब–इन्जिनियर कमलबहादुर चोखाल बजेट अभावका कारण पार्क अलपत्र परेको बताउँछन् । पालिकाको तर्फबाट टोड्केको हरित पार्कको डिजाइन इस्टिमेट उनले गरेका थिए । ठेकदारले इस्टिमेटमा तोकेको काम अझै गरिसकेको छैन ।

बेनी नगरपालिका–९ तोरीपानीमा निर्माण गर्ने भनिएको ‘हरियाली उद्यान’ वन डिभिजन कार्यालयमार्फत सञ्चालन गरिएका पर्यापर्यटन पूर्वाधार, सहरी हरित पार्क र सिमसार संरक्षणका सबै ९ वटै कार्यक्रम बेवारिसे बनेका छन् । वनको अभिलेखअनुसार घोरेपानी–प्यारी बराह तालसम्म ३ हजार ३ सय मिटर लामो साइकल मार्ग र घोडा राख्ने तबेला बनाउन १९ लाख ९० हजार, टोड्केमा वनभोजस्थल घेराबार, खानेपानी आपूर्ति शौचालय बनाउन १९ लाख ९९ हजार, टोड्केमा हरियाली पार्क बनाउन ९ लाख ३७ हजार, गुराँस पार्क बनाउन ९ लाख ५० हजार, बेनीको रत्नेचौरमा सहरी हरित पार्क बनाउन ३ लाख ३४ हजार र प्यारीबराह तालमा सिमसार संरक्षण कार्यक्रमअन्तर्गत तालवरपर फुटपाथ निर्माण गर्न ५ लाख रुपैयाँभन्दा बढी खर्च भएको उल्लेख छ ।

प्रकाशित : वैशाख ४, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×