कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्यकर्तालाई दाहालको आश्वासन- 'ढुक्क हुनुस् हामीलाई फाइदा हुनेगरी गठबन्धनको निर्णय आउँछ'

'केपी ओलीको असली रुप देखिहाल्नु भयो । राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ' 
नारायण शर्मा

पूर्वी नवलपरासी — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् ।

कार्यकर्तालाई दाहालको आश्वासन- 'ढुक्क हुनुस् हामीलाई फाइदा हुनेगरी गठबन्धनको निर्णय आउँछ'

महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए । 'हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै (आइतबार) केन्द्रमा गठबन्धनको निर्णय आउँछ,' दाहालले भने 'अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,' उनले भनेका छन् ।

माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरेका थिए ।

यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।

'एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ,' दाहालले भने । यस्तै ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको पनि उनको आरोप थियो ।

अर्को एक प्रसंगमा दाहालले नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुख फाल्ने, ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाउना साथ रातारात आफूले कांग्रेससँग मिलेर एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको बताएका थिए ।

सर्प पनि मर्ने लौरो पनि नभाच्चिने गरि व्याख्यात्क टिप्पणीसहित एमसीसी पास गर्नाले सरकार बाँचेको र हाल गठबन्धन भएको दाहालले बताए ।यसवाहेक विप्लव र बाबुराम भट्टराई पनि सबै जसो केन्द्रीय तहका नेताहरु आफ्नो पार्टीमा आइसकेको उनले दाबी गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०७९ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?