कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पूर्वी नवलपरासीका दुई गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका ८ वटा पालिकामध्ये नेकपा (एमाले)ले दुई वटा पालिकामा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ । एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेका अनुसार पहाडी बौदीकाली गाउँपालिका अध्यक्षमा प्रकाश ओझा र उपाध्यक्षमा डिलकुमारी सारुले उम्मेदवारी दिनेछन् । डिलकुमारी २०७४ सालको निर्वाचनमा पनि उपाध्यक्षको उम्मेवार रहेर पराजित भएकी थिइन् । उनीहरुको नाममा सर्वसम्मत निर्णय भएको पाण्डेले जानकारी दिए । 

त्यसैगरी हुप्सेकोट गाउँपालिका अध्यक्ष चेतन रानाको टुंगो लागेको छ । त्यहाँ उपाध्यक्षको टुंगो लागेको छैन । गाउँ पार्टी कमिटीबाट ती दुई जनाको नाम सर्वसम्मत भएको र उनीहरुको उम्मेदवारी रहने पाण्डेले बताए । बौदीकालीमा यस अघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षसहित बहुमत नेपाली कांग्रेस विजयी भएको थियो । ६ वडा रहेको त्यहाँ वडाध्यक्ष र सदस्यहरुका उम्मेदवार चाँडै टुंग्याइने भएको छ ।

गैंडाकोट नगरपालिका वडा नम्बर १५ को वडाध्यक्षमा एमालेबाट कोकीसरा रानामगर उम्मेदवार बन्ने निधो भएको छ । उनको नाममा सर्वसम्मत निर्णय भएको पाण्डेले जानकारी दिए । यो जिल्लामा पालिका अध्यक्ष र उपाध्यक्षको टुंगो लगाउने एमाले पहिलो दल हो । पूर्वी नवलपरासीमा ९२ वटा वडा रहेका छन् ।


प्रकाशित : वैशाख १, २०७९ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×