२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

बार भत्कँदा भीरबाट लडेर किशोरको मृत्यु

सम्झना रसाइली

तनहुँ — बन्दीपुरस्थित टुँडिखेलबाट खसेर बुधबार साँझ एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका-२ हल्थुमका टेकबहादुर गुरुङका १७ वर्षीय छोरा कृजन गुरुङ रहेको प्रहरीले जनाएको छ ।

टुँडिखेलको छेउमा लगाइएको रेलिङ भत्किँदा कृजन भीरबाट करिब तीन सय मिटर तल खसेका थिए । उनको उद्धार गरी बन्दीपुर अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

उक्त घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय बन्दीपुरले जनाएको छ ।

प्रकाशित : चैत्र ३, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?