कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

६ महिनादेखि सम्पर्कविहीन वृद्ध मृत भेटिए

गोरखा — गोरखा नगरपालिका–१ आधमारेका ७० वर्षीय नारायण दत्त न्यौपाने सम्पर्कविहीन बनेको झण्डै ६ महिनापछि मृत भेटिएका छन् ।

गत कात्तिक २३ गतेबाट परिवारबाट सम्पर्कविहीन बनेका न्यौपानेको शव बुधबार अजमरे खोल्सामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

शव प्रहरीले बुधबार नै परिवारलाई जिम्मा लगाएको छ । घटनाको थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

प्रकाशित : चैत्र २, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×