२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पतिको हत्या आरोपमा पत्नी पक्राउ

नारायण शर्मा

पूर्वी नवलपरासी — पतिलाई बन्चरो हानेर हत्या गरेको आरोपमा ६५ वर्षीया श्यामकुमारी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

पतिको हत्या आरोपमा पत्नी पक्राउ

जिल्ला प्रहरीका अनुसार दुर्गम बुलिंटार गाउँपालिका–५ राइकोटका चमान सिंह मगरलाई सामान्य घरायसी झगडामा श्रीमतीले बन्चरोले हान्दा आइतबार राति मृत्यु भएको हो । उनलाई रुद्रपुरबाट गएको प्रहरीले टोलीले पक्राउ गरेर सोमबार जिल्ला प्रहरी कार्यालय कावासोतीमा ल्याइएको छ ।

बन्चरो प्रहारबाट गम्भीर घाइते चमानसिंहलाई उपचारका लागि कावासोती ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ । सामान्य झगडामा बन्चरो हानेको भन्ने अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

जिल्ला अदालताबट सोमबार म्याद थपेर अनुसन्धान अघि बढाइएको डिएसपी दिलिप गिरीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?