२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८३

लमजुङ विद्यार्थी मृत्यु प्रकरण : विद्यालय सञ्चालकसहित ३ जनाविरुद्ध किटानी जाहेरी

आश गुरुङ

लमजुङ — लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले घटनाको ३ दिनपछि जाहेरी लिएको छ ।

तनहुँको भानु नगरपालिका ९, बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका ९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका सञ्चालक बाबुराम पौडेल, शिक्षक सरोज ओलिया र शिक्षक तीर्थ सेढाईंविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएका छन् ।

फ्युचरस्टारमा कक्षा १० मा अध्ययनरत १८ वर्षीय सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मंगलबार मस्र्याङ्दी नदीले बगाउादा मृत्यु भएको थियो । होस्टेलमा बस्दै आएका सनिजलाई बोलाएर होस्टेल शिक्षकहरुले पौडी खेल्न लगेको, पौडी खेल्ने क्रममा सनिजलाई अगाडि सारको र होस्टेलमा बसेका छोरालाई मर्स्याङ्दीमा पौडी खेल्न जान स्कुल सञ्चालकले स्वीकृति दिएको पीडित परिवारले आरोप लगाएका छन् । पीडित परिवारले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी दिएका छन् ।

गत मंगलबार दिउासो भएको घटनालाई लिएर आक्रोशित बाइसजाँगरका स्थानीयले विद्यालयको गेट, स्कुल बस र भ्यानमा तोडफोड गरेका थिए । पीडित परिवारका सदस्य अमृत श्रेष्ठका अनुसार बुधबार दिनभरि भएको वार्तामा पीडित परिवारले जाहेरी दिने र प्रहरीले कानुनी कारबाही अघि बढाउने सहमति भएको थियो । सहमतिअनुसार प्रहरीले जाहेरी नलिएको भन्दै बिहीबार साँझदेखि उनीहरुले अनिश्चितकालीन बन्दको घोषणा गर्दै तनहुँको बाइसजाँगरमा बेंसीसहर–डुम्रे सडक अवरुद्ध पारेका थिए । शुक्रबार जाहेरी लिएपछि जिल्ला अस्पतालमा राखेको शवलाई बुझेका छन् । आन्दोलन पनि फिर्ता लिएका छन् ।

डीएसपी कृष्णबहादुर कार्कीले पीडित परिवारको मागबमोजिम किटानी जाहेरी लिएको र अनुसन्धान अघि बढाएको बताए । उनले किटानी जाहेरी परेका ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको बताए ।

स्कुलको लापर्वाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै बाइसजाागरका स्थानीय तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास, हवाईफायर र लाठीचार्ज गरेको थियो । स्थानीयले प्रदर्शन चर्काउने सूचना पाएपछि अप्रिय घटना घट्न नदिने भन्दै जिल्ला प्रशासन कार्यालय लमजुङले बुधबार बिहान ६ बजेदेखि राति ९ बजेसम्म स्कुल भएको सिउँडीबार क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

प्रकाशित : फाल्गुन २७, २०७८ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?