कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

फरार तीन अपराधी पक्राउ

आश गुरुङ

लमजुङ — लमजुङ प्रहरीले काठमाडौं र पोखराबाट ३ जना फरार अपराधीलाई पक्राउ गरेको छ । अदालतले गरेको फैसला कार्यान्वयन गर्न काठमाडौंबाट २ र पोखराबाट १ जना अपराधी पक्राउ गरेर प्रहरीले जिल्ला ल्याएको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीका अनुसार सुन्दरबजार नगरपालिका ७ का २६ वर्षीय पवन घर्ती र राइनास नगरपालिका ६ का ३६ वर्षीय मनबहादुर बराललाई काठमाडौंबाट पक्राउ गरिएको हो । सवारी ज्यानसम्बन्धी मुद्दामा २०७७ पुस ५ गते सर्वोच्च अदालतले उनीविरुद्ध १ वर्ष २ महिना ७ दिन कैद सजाय तोकेको थियो । बरालबाट भने बैंकिङ कसूर मुद्दामा ८० हजार ५ सय रुपैयाँ असुलउपर गर्न उच्च अदातल पाटनले २०७६ पुस १८ गते फैसला गरेको थियो । उनी जरिवाना तिर्न नसकेर कैद चलान भएका हुन् । दुवै जनालाई पक्राउ गरी ल्याएको र कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

यस्तै, लागूऔषध मुद्दामा फरार रही ५ महिना ४ दिन कैद र १२ हजार रुपैयाँ जरिवाना सुनाइएका बेंसीसहर नगरपालिका ४ का ३२ वर्षीय सुरज गुरुङलाई पोखराबाट पक्राउ गरिएको छ । उनीविरुद्ध जिल्ला अदालत कास्कीले २०६९ जेठ ०८ गते कैद र जरिवाना फैसला गरेको थियो । तीनैजनालाई लमजुङ जिल्ला अदातल पेस गरिएको र कैद सजाय भुक्तानका लागि शुक्रबार कारागार चलान भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ७, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?