कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना, २१ घाइते- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना, २१ घाइते

नारायण शर्मा

पूर्वी नवलपरासी — नवलपरासीको कावासोतीको खरकट्टा जंगलमा बस दुर्घटना भएको छ । नारायणगढबाट आउँदै गरेको ना ६ ख १६७७ नम्बरको बस दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार गरी मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

प्रकाशित : फाल्गुन ६, २०७८ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्

एमसीसीको विरोधमा प्रदर्शन, बानेश्वर तनावग्रस्त

तस्बिर : अंगद ढकाल, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले शुक्रबार बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा समाजवादी निकट अनेरास्ववियुले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले 'एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन' भन्दै नाराबाजी गरेर टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।


प्रकाशित : फाल्गुन ६, २०७८ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×