कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

हिउँ खेल्न गएका दुई किशोर ११ दिनपछि मृत भेटिए

हरिराम उप्रेती

गोरखा — हिउँ खेल्न जाँदा सम्पर्कविहीन भएका दुई किशोर ११ औं दिनमा मृत भेटिएका छन् । माघ २० गते हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–२ का १६ वर्षीय करण घले र वडा नम्वर १ का १६ वर्षीय साइँला भन्ने सञ्जय घले बेपत्ता बनेका थिए । 

आइतबार साँझ ५ बजे स्थानीय र वारपाक प्रहरी चौकीबाट खटिएको संयुक्त खोजी टोलीले उनीहरुको शव बारपाक सुलिकोट गाउँपालिका–१ तिम्राखोलाको डाँडाको खोचमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । शवको प्रकृति र घटनास्थलको अवस्थाअनुसार दुई किशोर हिउँ परेको समयमा डाँडाबाट लडेर खोचमा पुगेको प्रारम्भिक अनुमान गरिएको डिएसपी दाहालले बताए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी अधिकृत सहितको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।

प्रकाशित : फाल्गुन १, २०७८ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×