१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

सिर्दिबास डिपोमा चामल ढुवानी

कान्तिपुर संवाददाता

गोरखा — उत्तरी गोरखाको सिर्दिवास डिपोमा दुई हजार क्विन्टल चामल ढुवानी भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाबाट स्वीकृत उक्त परिमाणको खाद्यान्न ढुवानी सकिएको कम्पनीका सूचना अधिकारी शिव सुनारले बताए । 

सिर्दिबास डिपोमा चामल ढुवानी

चालु वर्षका लागि सिर्दिवास डिपोमा गोरखा शाखाबाट दुई हजार र तनहुँको विमलनगर डिपोबाट १५ सय क्विन्टल चामल ढुवानीका लागि कोटा स्वीकृत भएको थियो । ढुवानी दररेट नमिल्दा कम्पनीले यो वर्ष दुई पटकको बोलपत्र आवाह्न रद्द भएको थियो । तेस्रो पटकको ठेक्का स्वीकृत भएसँगै ६ महिना ढिला कम्पनीले पुस २५ मा ठेक्का सम्झौता गरी चामल ढुवानी सुरु गरेको थियो । एक महिनाको अन्तरालमा दुई हजार क्विन्टल चामल सिर्दिवास पुर्‍याइएको सुनारले बताए ।

गोरखा शाखाको डिपोबाट सोना मन्सुली १ हजार ९१ क्विन्टल ६० केजी, स्टिम जिरा मसिनो ३ सय ६० क्विन्टल, अरुवा मध्यम ४२ क्विन्टल ९० केजी, अरुवा मकवानपुर २ सय ३५ क्विन्टल ५० केजी ढुवानी भएको छ । विमलनगर र गोरखा सदरमुकामको डिपोबाट खाद्यान्न ढुवानीको जिम्मा सुशान्ति निर्माण सेवाले पाएको थियो । ‘सिर्दिवास डिपोमा यो वर्ष ३५ सय क्वीन्टल चालम पुर्‍याउने गरी कोटा स्वीकृत भएको थियो, उनले भने, ‘गोरखा सदरमुकामको गोदामबाट पुर्‍याउनुपर्ने २ हजार क्विन्टल चामल पुग्यो, विमलनगर डिपोबाट पुग्ने १५ सय क्विन्टल चामल ढुवानी पनि एक–दुई दिनमै सुरु गर्ने तयारी भइरहेको छ ।’

सिर्दिवास पुगेको चामल बिक्री सुरु गरिएको छ । सिर्दिवास डिपोबाट यो वर्ष ५ सय ५४ क्विन्टल ५० केजी चामल बिक्री सकिएको उनले बताए । डिपोमा १ हजार ४ सय ४५ क्विन्टल ५० केजी चामल मौज्दात छ । कम्पनीले डिपोबाट सोना मन्सुली र अरुवा मध्यम प्रतिकेजी ५२, अरुवा मकवानपुर ५०, स्टिम जिरा मसिनो ६६ रुपैयाँ प्रतिकेजीमा बिक्री गर्दै आएको छ ।

सिर्दिवास डिपोबाट चुमनुव्री–७ का स्थानीयलाई चामल बिक्री हुँदै आएको छ । चामल ढुवानी सँगै बिक्रीलाई प्राथमिकता दिइएको कम्पनी गोरखा शाखाका प्रमुख नवीन बस्नेतले बताए । माछाखोला डिपोका लागि पनि खाद्यान्न ढुवानीको प्रक्रिया सुरु गरिएको कम्पनीले जनाएको छ । चालु वर्षको ७ महिनासम्म चामल ढुवानी नहुँदा हाल माछाखोला डिपो रित्तिएको छ ।

माछाखोलाका लागि चालुवर्ष ५ सय क्विन्टल कोटा स्वीकृत भएको छ । खाद्यको भन्दा बजारको चामल सस्तो परेर माछाखोला डिपोबाट चामल बिक्रीदर घटेपछि यो वर्ष गाउँगाउँमै चामल पुर्‍याउने तयारी गरिएको कम्पनीका सूचना अधिकारी सुनारले बताए ।

प्रकाशित : फाल्गुन १, २०७८ ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?