कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याग्दीमा बालबालिकालाई कोरोनाको दोस्रो डोज

म्याग्दी — जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउन सुरु भएको छ । कोरोनाको तेस्रो लहरपछि बन्द गरिएका विद्यालयमा स्वास्थ्यकर्मी पुगेर सामाजिक दूरी र स्वास्थ्य सावधानी राख्दै विद्यार्थी बोलाई दोस्रो मात्रा खोप लगाउन थालिएको हो ।

शनिबार सदरमुकामका विद्यालयमा अध्ययनरत विद्यार्थीबाट सुरु गरिएको कोरोनाविरुद्धको दोस्रो मात्रा खोप माघ १४ सम्म सबै बालबालिकालाई लगाइसक्ने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा १२–१७ वर्ष उमेर समूहका ११ हजार २ सय ७८ जना बालबालिकाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन । यो तथ्यांक बालबालिकाको लक्षित जनसंख्याको ९० प्रतिशत खोप समेटिएको हो ।

‘वर्षा, हिमपातको प्रतिकूल मौसमका बीचमा पनि माघ १४ गतेभित्र जिल्लाका सबै पहिलो मात्रा खोप लगाएका १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना छ,’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘यो बीचमा विद्यालयको पहुँचबाट छुटेका समुदायका अन्य बालबालिकालाई समेत खोजेर खोप लगाउँछौं ।’

प्रकाशित : माघ ११, २०७८ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?