कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कास्की प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा — कर्मचारीहरू संक्रमित हुने क्रम बढेपछि कास्की जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सोमबार सूचनामार्फत मंगलबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको जनाएका हुन् ।

प्रजिअ आचार्यले ७ कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको बताए ।

‘सबै कर्मचारी फ्रन्टलाइनर भएकाले समस्या भयो’ उनले भने । नागरिकताको प्रमाणपत्र, राहदानी वितरण, लेखा शाखाबाट हुने काम, संघसंस्थालगायतका काम मंगलबारबाट नहुने प्रशासनले जनाएको छ ।

प्रकाशित : माघ १०, २०७८ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?